नागरिक लगानीकोषले २२ प्रतिशत बोनश शेयर दिने

बुद्धबार, फागुन २९, २०७५ साल,
काठमाडौं । नागरिक लगानीकोषले  गतआर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कोषको फागुन २८ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कोषले २२ प्रतिशत अर्थात २४ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत अर्थात १ करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।

गत वर्ष कोषले २२.०६ प्रतिशत बोनस र कर प्रयोजको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परीक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन । कोषको प्रस्तावित बोनस बितरण पश्चात चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैंया पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489