जिमेल र गुगल ड्राइभमा किन समस्या आयो ? पत्ता लगाउदै गुगल

बुद्धबार, फागुन २९, २०७५ साल,
विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ।

गुगलले आफ्नो वेभसाइटमा सर्भिस डिसरपसनु भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ। केही देशहरुका प्रयोगकर्ताहरुले जिमेल र गुगल ड्राइभ प्रयोग गर्न सके पनि मेसेज वा फाइलहरु ट्रान्सफर, डाउनलोड वा सेयर गर्न सकिरहेको छैन गुगलले उल्लेख गरेको छ।

गुगलले आफ्नो इन्जिनियरिङ टोलीले समस्याका बारे अनुसन्धान गरिरहेको बताएको छ। यस्तै यससम्बन्धी छिट्टै अर्को सूचना जारी गर्ने बताएको छ।बिहानैदेखि जिमेल र गुगल ड्राइभमा समस्या देखिएपछि गुगलमा धेरै राष्ट्रबाट रिपोर्ट गरिएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411