लोकसेवा आयोगले खुलायो खरिदार पदमा भर्ना (सूचनासहित)

बुद्धबार, फागुन २९, २०७५ साल,
काठमाडौं । लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार धनकुटा, इलाम, खोटाङ, जलेश्वर काठमाडौ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला , दीपायल र महेन्द्रनगर कार्यालयका लागि छुट्टाछुट्टै सेवा, समूह तथा उपसमूहमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १९ गतेभित्र तोकिएको नियमअनुसार आवेदन दिनुपर्नेछ भने उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै महिला तथा अपांगको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै आयोगले खरिदार पदकै लागि आन्तरिक बढुवाको सूचना र लिखित परीक्षाको मिति पनि तोकेको छ ।  

सूचना हेर्नुहोस्

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411