कोरियन भाषा परीक्षाको लागि आवेदन चैत ८ गतेदेखि खुल्यो, परीक्षा कहिले ?

मंगलवार, फागुन २८, २०७५ साल,
काठमाडौँ । ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । दुवै दिन दुुई सिफ्टमा सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुनजे भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ।

परीक्षा फारम भर्न २४ डलर लाग्नेछ । जुन ग्लोबल आईएमई बैंकका शाखामा आईएमई पे तथा ई सेवा मार्फत जम्मा गर्नुपर्नेछ ।

भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ। परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपीएसको वेवसाइडबाट हेर्न सक्नेछन् ।

एचआरडी कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। जसमा उत्पादन मुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनको षेत्रमा तीन हजार जनाको कोटा निर्धारण गरिएको छ । एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आवेदन फारम भर्न सकिनेछ । उत्पादनमुलक क्षेत्रमा तीन उपक्षेत्र र कृषितर्फ दुुई मध्ये एक उपक्षेत्र छनोट गर्नुपर्ने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489