भित्रिए चार ब्रुमर, काठमाडौं महानगरले चैतबाट बाटो सफा गर्ने, कुन कुन ठाउँमा प्रयोग हुन्छ ?

मंगलवार, फागुन २८, २०७५ साल,
काठमाडौं । आउदो चैतदेखि राजधानीको सडकको धुलो ब्रुमरले सफा गर्ने भएको छ । काठमाडौं महानगरले चारवटा ब्रमुर नेपाल भित्र्याएपछि चैत देखि ती ब्रुमर प्रयोग गरी सडक सफा गरिने भएको छ ।

धुलैधुलोले आक्रान्त काठमाडौका सडकमा ब्रुमर संचालन गरेपछि तुलनात्मक रुपमा सडक सफा हुने कामपाले दाबी गरेको छ । इटालीमा निर्मित ती ब्रुमर वल्ड वाइड ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको हो ।

महानगरले चार महिना अघि टेण्डर आब्हान गर्दा सो कम्पनी छनौटमा परेको थियो । करिब ११ करोड रुपियाँ बराबरको पाँच मध्य चारवटा नेपाल भित्रिएको कामपा वातावरण विभागका निर्देशक पुरुषोत्तम शाक्यले जानकारी दिए ।

नेपाल भित्रिएका चार ब्रुमर मिनभवन स्थित हेवी इक्युमेन्ट कार्यालयमा राखिएको छ । १ सय ७ किलोवाट क्षमता भएको ती ब्रुमर स्वचालित हुन । ब्रमुरले धुलो र माटो सफा गर्नुका साथै पानीले सडक सफा गर्न सक्छ । ब्रुमरमा ५ सय लिटर क्षमताको ट्याङकी जडित छ । ११ टनको ती बु्रमर काठमाडौका अधिकांस बाटोमा प्रयोग गर्न योग्य रहेको कामपाले जनाएको छ ।


भएका ब्रुमर कामै नलाग्ने भएपछि कामपाले नया ब्रुमर खरिद गर्ने प्रकृया अघि बढाएको थियो । कामपाले टेण्डर आब्हान गर्दा चार कम्पनी छनौटमा परेका थिए । तर बिड गर्दा वल्ड वाइड ट्रेडिङ प्रालिले टेण्डर पारेको थियो ।

कामपा प्रमुख मेयरले ती ब्रुमर अति व्यस्त हुने वसपार्क, पर्यटकीय क्षेत्र ठमेल, पशुपति , बौद्ध, स्वयंभु, लगायतका स्थानको सडक सफा गर्न प्रयोग गरिने जानकारी दिए। ती बाहेक अति महत्वपुर्ण मानिएको कलंकीदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, थापाथली देखि महाराजगंज , रत्नपार्क देखि मैतिदेवी हुदै सिनामंगल, महाराजगंज, वालुवाटार, सिंहदरबार परिसर लगायतका रुटमा संचालन गर्ने उनले जानकारी दिए ।

ब्रुमर नेपाल भित्रिए लगत्तै सोमबारदेखि कामपा वातावण व्यवस्थापन विभागले रुट तय गर्न शुरु गरिएको छ । नियमित बाहेक विशेष कार्यक्रम आयोजना हुने स्थानमा समेत ती ब्रुमर प्रयोग गरिने भएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411