नबिल बैंकको साधारणसभाबाट ३४ प्रतिशत लाभांश पारित

सोमबार, फागुन २७, २०७५ साल,
काठमाडौं । नबिल बैंकको फागुन २७ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश परित गरेको छ । साथै बैंकले दश प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत अर्थात ८० लाख ३७ हजार २९ कित्ता शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने भएको हो ।

सभाले बैंक सञ्चालक समितिले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गरेको हो।

उक्त लाभांश फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् । साधारणसभा प्रयोजनका लािग बैंकले गत फागुन १४ गते शेयरधनी किताब बन्द गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । १२ बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ । चालु आवको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाए। वार्षिक प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा कायम गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411