नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने

सोमबार, फागुन २७, २०७५ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने भएको छ।

बैंक तथा फाइनान्सका बीचमा अक्वायर गर्ने सम्बन्धमा आइतबार साँझ सम्झौता भएको हो। सम्झौता भएसँगै जेविल्स फाइनान्सको शेयर कारोबार रोक्का भएको छ।

र्बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजना अनुसार इन्भेष्टमेण्ट बैंक र जेविल्स फाइनान्सले यस्तो सम्झौता गरेका हुन्। सम्झौतामा शेयर स्वापको विषयमा कुनै सम्झौता भएको छैन।

ुडिडिएबाट आउने नतिजाका आधारमा शेयर स्वाप अनुपात निर्धारण गरी अघि बढ्ने सम्झौता भएको छ ।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड ९९ लाख रुपैंया तथा फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८० लाख रुपैयाँ छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411