केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो : काँग्रेस प्रवक्ता शर्मा

आईतवार, फागुन २६, २०७५ साल,
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोप लगाएका छन् । काँग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभामा प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद दिन प्रतिदिन उदाँगो हुँदै गएको बताए ।

सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री ओली फसेर सम्झौता गर्न बाध्य भएको उनको तर्क थियो ।  ‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भने, ‘जुन विषयमा जनमतसंग्रह गर्नै सकिँदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभो ।’

उनले प्रधानमन्त्री सिके राउतको विखण्डनवादी जालमा फसेर उनीसँग सहमति भएको समेत दाबी  गरे । शर्माले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411