इथियोपियन विमान दुर्घटनाः नेपालीको पनि मृत्यु भएको पुष्टि, कुन देशका कति जनाको ज्यान गयो ?

आईतवार, फागुन २६, २०७५ साल,
काठमाडौं । इथपियोपियन एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले १४९ यात्रुमध्ये एक नेपाली पनि रहेको पुष्टि गरेको हो ।  एयरलाइन्सका अनुसार एक युएनको पासपोर्ट बाहक र अर्का एक नेपालसहित ३५ देशका नागरिक विमानमा सवार थिए ।

एयरलाइन्सको मृतकको नामावली सार्वजनिक गरिनसकेको भएपनि मृतकको देश भने खुलाएको हो ।

एयरलाइन्सका अनुसार दुर्घटनामा सबैभन्दा धेरै केन्याका ३२ जनाको मृत्यु भएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान बोसोफ्टु शहर नजिकै दुर्घटनामा परेको थियो ।  

दुर्घटनामा ८ जना चालकदलका सदस्य  र सबै १४९ जना यात्रुको मृत्यु भएको छ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489