पोखरा प्रवेश गर्ने मुख्य पुल भाँचियो

आईतवार, फागुन २६, २०७५ साल,
काठमाडौं । साविक लेखनाथ नगरपालिकाबाट पोखरा शहर जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएपछि धेरै लोड बोकेको गाडीमा प्रतिबन्ध लगाइएको छ ।

पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एकमात्र पुल ७ ठाउँमा चर्किएपछि १० टन भन्दा बढी भार बोकेका गाडी आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।

पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँचिने खतरा छ । ७४.२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको छ । तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ ।








 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411