सेयर बजार ४.३३ अंक बृद्धि, २२ करोडको सेयर कारोबार
आईतवार, जेष्ठ २४, २०७२ साल,
.jpg)
काठमाडौं । सेयर बजार ४.३३ अंकको बृद्धिसहित बन्द भएको छ । साताको पहिलो कारोबार दिन बजारमा ११९ कम्पनीका २१ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नेपाल टेलिकमको मूल्य गिरावटसँगै अन्य समूह झरेपछि बजारको बृद्धिमा अवरोध पुगेको थियो । यद्यपी बजार ४.३३ अंकलेमा माथि गएको छ । व्यापार समूह पनि ३.३८ अंकले घटेको छ । अन्य समूहमा १०.५७ अंकको गिरावट आएको छ ।
बैंकिङ ८.४, होटल ७.७७, विकास बैंक २.६७, जलविद्युत् ४.३६ र बिमा ५.९१ अंकले बढेको छ ।