१ सय ४९ यात्रु बोकेको इथोपियन एयरलाइन्सको जहाज दुर्घटना

आईतवार, फागुन २६, २०७५ साल,
एजेन्सी । केन्याको राजधानी नैरबीका लागि उडेको इथोपियन एयरलाइन्स दुर्घटना भएको छ।

इथोपियन प्रधानमन्त्री कार्यलयका अनुसार आइतबार बिहान नैरबीका लागि नियमित उडान भरेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो।

विमानका प्रवक्ताले विमान दुर्घटनामा परेको पुष्टी गरे पनि विमानमा सवार १४९ यात्रु र चालक दलका ८ सदस्यको बारेमा केही बताएनन्। उनले क्षतिको विवरण आइनसकेको जनाए।

अफ्रिकाको सबैभन्दा ठूलो यात्रु बोक्ने क्षमताको उक्त बोइङमा सवार यात्रुहरूको अवस्थाबारे केही जानकारी नभएको प्रवक्ताले जनाएको समाचार संस्था एपीले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411