पाँचथर पावरको आईपिओ बाँडफाँड, कसलाई कति पर्यो शेयर

बिहीवार, फागुन २३, २०७५ साल,
काठमाडौं । पाँचथर पावरले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ फागुन २३ गते बिहिबार बिक्री प्रबन्धक सानिमा क्यापिटले बाँडफाँड गरेको छ। आईपिओमा आवेदन गरेका ३३ हजार ५३१ आवेदकले अधिकतम ३० कित्ता शेयर प्राप्त गरेका छन् भने २० कित्तासम्म माग गर्नेले मागेजति पाए।

यस्तै १० कित्ताको लागि आवेदन दिएका ३३ हजार ५६५ आवेदकलाई माग अनुसारको तीन लाख ३५ हजार ६५० कित्ता शेयर बाँडफाँड गरिएको छ भने २० कित्ताको लागि आवेदन गरेका ११ हजार ४८२ जनाले पनि २० कित्ता दरले मागे अनुसार नै २ लाख २९ हजार ६४० कित्ता शेयर प्राप्त गरेका छन् ।

आईपिओमा ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकलाई समानुपातिक रुपमा २० कित्ता शेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ३ लाख ३५ हजार ३१० कित्ता शेयर ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन गरेका ३७ हजार ६२७ आवेदकमध्ये ३३ हजार ५३१ आवेदकलाई थप १० कित्ता बाडफाँड गरिएको हो।

सदर  भएको ८२ हजार ८७४ आवेदकबाट परेको ३३ लाख ७४ हजार ३२० कित्ताको आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411