बाँडफांड भयो शिवम सिमेन्टको आईपिओ

बुद्धबार, फागुन २२, २०७५ साल,
काठमाडौं । शिवम सिमेन्टले निष्काशन गरेको आईपिओ  आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान शेयर बाँडफांड गरेको हो ।

कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । जस अनुसार सर्वसाधारणलाई ४४ लाख कित्ता आईपिओ निष्काशन गरिएको थियो ।

कुल ४४ लाख कित्ता मध्ये कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई समान २ लाख २० हजार कित्ता छुट्याएको थियो ।   बाँकि रहेको ४१ लाख २० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन   ।

आईपिओमा ५१ हजार ८ सय ९८ जनाले आवेदन दिएका थिए  । जस मध्ये १६ आवेदन रद्द भएकोले ५१ हजार ८ सय ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । बाँडफांड मोडल अनुसार ५ हजार २ सय २० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन्  । त्यस्तै ५ हजार २ सय २० कित्तादेखि १ लाख कित्तासम्मको लागि आवेदन दिने सबैले समान ५ हजार ६ सय ४० कित्ता शेयर पाएका छन्  । ६५ सय ३० कित्ता देखि १ लाख कित्तासम्मको लागि आवेदन दिने ३८ जना मध्येलाई गोलाप्रथाबाट ११ जनालाई थप १० कित्ता शेयर प्रदान गरिएको छ  । त्यस्तै  ६५ सय ३० कित्ता देखि १ लाख कित्तासम्मको लागि आवेदन दिने ३८ जना मध्येलाई गोलाप्रथाबाट ५ जनालाई थप १ कित्ता शेयर प्रदान गरिएको छ  । यस हिसाबमा ५ जना लगानीकर्ताले सबै धेरै ५ हजार ६ सय ५१ कित्ता शेयर पाएका छन्  ।

स्थानीय तर्फभने सबै आवेदकले माग अनुसार कै शेयर पाएका छन् । स्थानीय तर्फ लगानीकर्ताले १ लाख १५ हजार कित्ता सम्म शेयर पाएका छन् । स्थानीयले खरिद नगरेको ९४ हजार ६ सय ९५ कित्ता शेयर सर्वसाधारणलाई नै थप गरेर बाँडफांड गरिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411