विश्वको सबैभन्दा छिटो गुड्ने कार सार्वजनिक, यस्ता छन् विशेषता

बुद्धबार, फागुन २२, २०७५ साल,
काठमाडौं । मंगलबार जेनेभा स्थित मोटर शोमा सार्वजानिक भएको ‘पिनिनफरिना बाटिस्टा’ विश्वकै सबैभन्दा तिव्र गतिमा कुद्ने कार रहेको बताइएको छ । यसरी विद्युतबाट चल्ने सो कारले एकपटकको चार्जमा ४५० किलोमिटरसम्मको यात्रा गर्न सक्छ भने कुनै ग्यास उत्सर्जन नगर्ने बताइएको छ ।

यसका निर्माणकर्ताहरुले दाबी गरे अनुसार बाटिस्टाले केबल दुई सकेन्डमै शून्यबाट ९९ किलोमिटर प्रति घण्टाको रफ्तार पकड्न सक्छ भने १२ सेकेन्डमा २९९ किलोमिटर प्रति घण्टाको गति हासिल गर्दछ । यसरी ४०२ किलोमिटर प्रति घण्टा भन्दा बढीको गतिमा कुद्न सक्ने भएकाले नै यसलाई ‘फास्टेस्ट’ कार भनिएको छ । 

यसको ब्रेक हर्सपावर भने १९,०० रहेको छ जुन फर्मुला १ कारको दुई गुना हो । यसकारण पनि यसलाई अहिलेसम्मकै शक्तिशाली कार बताइएको छ । वास्तवमा भारतको महिन्द्राले २०१५ मा पिनिनफरिना कम्पनीलाई १९ करोड डलर भन्दा अधिकमा खरिद गरेको थियो जसकारण पनि यो कार अतिअपेक्षित मोडल भएको बताइएको छ । हाल सबै सवारी निर्माण कम्पनीहरुले आफ्नो गाडी विद्युतिकरण गर्ने प्रयास गरिरहेका बेला यसलाई ठूलो उपलब्धि मानिएको छ ।

बाटिस्टाका इटलीयन डिजाइनरहरुले कारको सौन्दर्य बढाउन कहिल्यै सम्झौता नगरेकाले नै यो यति आकर्षक रुपमा प्रस्तुत हुन सफल भएको बताएका छन् । यसको ब्याट्रीलाई अङ्ग्रेजी शब्द ‘टि’ को आकारमा बीचतिर र पछाडिको सिटमा फिट गरिएको हुनाले नै आन्तरिक इन्जिनहरुमा काम गर्न फराकिलो भएको बताइएको हो । यसरी तिव्र गतिमा कुद्नुका साथै कुनै उत्सर्जन नगर्ने हुनाले पनि यसको निर्माण आफैँमा धेरै ठूलो उपलब्धि भएको बताइएको छ । बीबीसी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411