​राहत सामग्री व्यक्तिको डेरामा भेटिएपछि हंगामा, एमाले कार्यकर्ताको कारबाट त्रिपाल बरामद

शुक्रबार, जेष्ठ २२, २०७२ साल,
लमजुङ । लमजुङमा भूकम्पपीडितलाई वितरण गर्न लगिएको राहत सामग्री व्यक्तिको घरमा फेला परेपछि हंगामा भएको छ ।

सदरमुकाम बेसीसहर–९ शेराचोकनजिकै रमेश घलेको डेरा र डेरा अगाडिको सटरबाट १ सय ७५ थान त्रिपाल, ११ बोरा ब्लाङ्केट, ३ बोरा नुन, १ कार्टुन जीवनजल फेला परेको हो ।

यस्तै, एमाले कार्यकर्ता शिव जोशीको बा६च ३८०४ नम्बरको कारबाट ७५ थान त्रिपाल, १० थान झुल र शेराकुनाको एक घरबाट २० थान त्रिपाल र ३ बोरा नुन भेटिएको छ । स्थानीयको सुराकीको आधारमा प्रहरीले ती सामग्री बरामद गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाबाट पठाइएको उक्त राहत सामग्री जिल्ला दैवी प्रकोप उद्दार समितिमा नबुझाइ व्यक्तिहरुले घर–घरमा लुकाएपछि जिल्लाका कांग्रेस र एमाले कार्यकर्ताबीच चर्को विवाद भएको छ । दुबै पार्टीका जिल्ला सभापतिहरुले एक–अर्कामाथि दोष लगाउँदै विज्ञप्तिसमेत निकालेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले राहत सामग्री दैवी प्रकोप उद्धार समितिमा ल्याउनुपर्नेमा व्यक्तिहरुले लगेर राख्नु गलत भएको बताए । राहत सामग्री लुकाएको भन्दै स्थानीय युवाहरुले शुक्रबार यहाँ विरोध प्रदर्शनसमेत गरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411