२० अर्ब पुँजी भएको इन्फ्रास्टकर बैंकले भोलिदेखि औपचारिक कारोबार गर्ने

मंगलवार, फागुन २१, २०७५ साल,
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक बुधबारबाट औपचारीक रुपमा सञ्चालनमा आउने भएको छ । माघ २९ मा राष्ट्रि बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो ।

उक्त बैंकको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको औपचारीक रुपमा उद्घाटन गर्ने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम २०७५ जेठ २५ गते राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा इन्फ्रास्ट्रक्चर बैंक दर्ता भएको थियो । यस बैंकमा सरकारसहित केही वाणिज्य बैंक, बिमा कम्पनीहरू, लघुवित्त, नीजि कम्पनीहरूको संयुक्त लगानी रहेको छ । बैंकको सरकारको १० र नीजि क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ ।

४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधी) लगायतको विकासमा काम गर्ने लक्ष्य रहेको छ । बैंकले ६ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411