नेपाल लाइफले २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने

आईतवार, फागुन १९, २०७५ साल,

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लागनीकर्ताहरुलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ ।

इन्स्योरेन्सले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाले पारित गरेपनि लगानीकर्ताले पाउने छन् ।

चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको यो बोनस वितरणपछि पाँच अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489