महानगरपालिकामा मापदण्ड विपरीतका घर पचास हजार

शुक्रबार, जेष्ठ २२, २०७२ साल,

काठमाडौ । काठमाडौ महानगरपालिकामा ५० हजारभन्दा बढी घर मापदण्ड विपरीत रहेका छन् । भूकम्पबाट बस्न नहुने गरी क्षति पुगेका त्यस्ता घर घरधनी आफैँले भत्काउनुपर्ने भएको छ । महानगरपालिकाले सुरक्षा निकायको सहयोगमा छिमेकीलाई असर पुगेका र बाटो अवरुद्ध गरेका २०० वटा जोखिमयुक्त घरका भग्नावशेष हटाइसकेको छ ।

हाल महानगरपालिकामा दुई हजारभन्दा बढी घरधनीले जोखिममा रहेका घर भत्काउन निवेदन दिइसकेको बताइएको छ । यसैगरी आफ्नो घर सुरक्षित भए पनि छिमेकीको घरले असर पा¥यो र छिमेकीको घरमा राखेको सञ्चारका उपकरणले असर पा¥यो भन्नेजस्ता निवेदन पनि महानगरपालिकामा परेका छन् । 
 
मापदण्ड विपरीतका भवन ५० हजारभन्दा बढी पुग्ने देखिएको र ती भवन भत्काउन सरकारलाई ठूलो आर्थिक भार पर्ने हुँदा राज्य कोषबाट थप व्ययभार हुन नदिन र कानुनको पालना गराउन मापदण्ड बाहिरका घर वा थप गरिएका तला घरधनी आफैँले भत्काउनुपर्ने सुझाव जोखिम मूल्याङ्कन समितिका संयोजकसमेत रहनुभएका महानगरपालिकाका भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा उत्तर रेग्मीको छ। 
 
मापदण्ड विपरीत आफूखुसी बनाउने र भूकम्पले क्षति पु¥याएपछि महानगरपालिकाले सिफारिस दिएको भन्दै आफैं मर्मत गरेर ढाकछोप गरी राज्यलाई धोका दिने काम पनि भएकाले त्यस्ता संरचना पुनःनिर्माण गर्न नदिन जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णय गरिसकेको उनी बताउँछन्। 
 
अंशबन्डामा पाएको जतिसुकै जमिनमा पनि घर बनाउन पाइने कानुनी व्यवस्थाले महानगरपालिकालाई समस्या पारेकाले अबका दिन यो व्यवस्था हटाउनुपर्ने र क्षेत्रफलअनुसारको घर बनाउने तथा त्यसमाथि तला थप्ने नीतिलाई कडाइका साथ पालना गराउनुपर्नेमा विभागीय प्रमुख डा रेग्मी जोड दिन्छन्। 

भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणमा सघाउन इन्जिनियरलाई पठाउनुपर्ने, चर्किएका भवनको रेक्टोफिटिङ (मर्मत) गर्दा २० प्रतिशतभन्दा बढी खर्च लाग्ने भए नयाँ भवन निर्माण गर्न उचित हुने र इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनियरबाट मात्रै नक्सा पास गराउनुपर्ने उनको सुझाव छ। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411