नेपाल टेलिकमको परिस्कृत सापटीसेवा पुन सुचारु, यस्ता छन् बिशेषता

बुद्धबार, फागुन १५, २०७५ साल,
काठमाडौं । नेपाल टेलिकमले संचालनमा ल्याएको ‘नमस्ते क्रेडिट सेवा’ थप सुधारसहित पुन संचालनमा आएको छ । यस सेवा अन्तर्गत प्रिपेड प्रयोगकर्ताले फोनमा कुरा गर्दा गर्दै पैसा सकिएमा टेलिकमले तुरन्त सापटी दिने छ र फोन काटिने छैन ।

यो सेवा सुचारु गर्नको लागि ग्राहकले START लेखेर १४७७  मा एसएमएस गर्नु पर्ने छ । सेवाको अवस्थाबारे थाहा पाउन STATUS लेखेर १४७७ मा पठाउनु पर्ने छ  । त्यस्तै सेवा हटाउन STOP लेखेर १४७७ मा पठाउनु पर्ने छ  । नयाँ ब्यबस्था अनुसार सेवा लिने वा नलिने निर्णय गर्हक आफैले गर्नु पर्ने छ  । 


टेलिकमले यस सेवा अन्तर्गत ५ देखो २० रुपैयाँसम्म सापट दिने छ जुन रिचार्ज गरेपछि ब्यालेन्सबाट काटिने छ  ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489