जस्तापाता आयातमा ५० प्रतिशत भन्सार छुट दिने:अर्थमन्त्रीस्तरीय निर्णय

शुक्रबार, जेष्ठ २२, २०७२ साल,
काठमाडौ । सरकारले जस्तापाता आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशत छुट दिने भएको छ । वैशाख १२ गतेको भूकम्प तथा १३ र २९ गतेको परकम्पले घर भग्नावषेश भई पीडित भएका घरपरिवारलाई जस्तापाताको सहज आपुर्ति गर्ने उद्देश्यले अर्थमन्त्रीस्तरीय निर्णयबाट छुट दिने निर्णय गरेको हो ।

भन्सार विभागका अनुसार जस्तापातामा लाग्ने भन्सार महसुल ३० प्रतिशतबाट घटेर १५ प्रतिशत कायम हुनेछ । यो कार्यान्वयन गर्न भन्सार कार्यालयहरुलाई लाई सर्कुलर जारी गरिसकेको छ । चार वटा भन्सार कार्यालयबाट आयात हुने जस्तापातामा मात्र भन्सार छुट हुनेछ ।

विरगन्ज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सा र भैरहवा भन्सार कार्यालयबाट आउने जस्तापातामा मात्र छुट दिइने विभागले जनाएको छ । जस्तापातामा अधिकतम खुद्रा मूल्य र १२० ग्राम जिङक कोटेड हुनुपर्नेछ । आयात हुने जस्तापाता नेपाल गुणस्तर वा सो सरहको मापदण्ड हुनुपर्नेछ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411