स्पर्श लघुवित्तको २ लाख ६९ हजार कित्ता आईपिओ फागुन २६ गतेदेखि खुल्ने

बुद्धबार, फागुन १५, २०७५ साल,
काठमाडौं । स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको हो ।

लघुवित्तको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ । आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म आवेदन गर्ने पाइनेछ ।

स्पर्श लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा रहेको छ ।

कम्पनीले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर जारी गर्न लागेको हो। जसमध्ये निष्काशित आईपिओको एक हजार ३४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएर २ लाख ५२ हजार कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411