विश्व बैंकले नेपाललाई १० अर्ब सहुलियत दरमा ऋण दिने

शुक्रबार, जेष्ठ २२, २०७२ साल,
काठमाडौ । नेपालले विश्व बैंकसँग दश अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया सुरु गरेको छ । भूकम्पपीडितको पुर्नस्थापनाका निम्ति अर्थ मन्त्रालय र विश्व बैंकका अधिकारीबीच ‘सहुलियत दरमा ऋण लिने’ प्रस्तावसम्बन्धी ‘प्राविधिक बैठक’ शुक्रबार सकिएको बैठकले यस्तो प्रक्रिया सुरु गरेको हो ।

‘ऋण सम्झौताका लागि प्राविधिक चरणको वार्ता सम्पन्न गरेका दुवै पक्षले अब विश्व बैंक बोर्डको स्वीकृति र नेपाल सरकार मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि ऋण प्रवाहित हुनेछ ।

नेपालले विश्व बैंकसँग बजेटरी सपोर्टका निम्ति ५ करोड अमेरिकी डलर लिने योजना यसअघी नै तय भए पनि भूकम्पपछि पुननिर्माणका निम्ति थप रकम आवश्यक भएको हुँदा नेपालले अरु ५ करोड अमेरिकी डलर लिन तयारी गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411