जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र, सात करोड रुपैयाँ सकिएपछि थाहा भयो प्राविधिक कमजोरी

आईतवार, फागुन १२, २०७५ साल,
सिञ्जा। जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।

६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हुँदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकारले करोडौँ बजेट दियो । तर, कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।

पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । विसं २०६८ पछि पुनः २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने ठेकेदारसँग सम्झौता गरियो । तर, दोस्रो सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि पुल अलपत्र अवस्थामै छ ।

विसं २०७२ मा तत्कालीन प्रमुख इञ्जिनीयर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाएपछि निर्माणकार्य बीचमै अवरोध भयो । पुल निर्माण कम्पनीका एसबीए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले भने, “प्राविधिकको कमजोरीका कारण पुल निर्माण ढिला भयो भने अर्कोतर्फ आर्थिक समस्या चुलिँदै गयो र परिणामस्वरुप पुल अलपत्र भएको छ” ।

जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनीयर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताए। उनले भने, डिजाइन गर्दा नै विस्तृत अध्ययन नभएको र छुट्टै कन्सल्टेन्सीले आफ्नो मनमानीअनुसार स्टिमेट गर्दा समस्या भएको महतको दाबी छ । विसं २०६८ बाट तीन स्ल्याब हालुञ्जेल झण्डै रु पाँचदेखि सात करोड बढी बजेट खर्च भइसकेको छ । तर अझै पनि पुलले पूर्णता पाउन नसक्नु दुखद् पक्ष हो उहाँले भन्नुभयो । उहाँका अनुसार अझै पनि यसलाई अन्तिमरुप दिन रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्ने देखिन्छ ।रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411