नबिल बैंकलाई कारबाही, नेप्सेले सोध्यो २४ घण्टे स्पष्टिकरण

शुक्रबार, फागुन १०, २०७५ साल,
काठमाडौं । नबिल बैंकलाई नेप्सेले कारबाही गरेको छ । नेप्सेलाई उपलब्ध गराउने पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो । सूचिकरण विनियमावली उल्लंघन गरेपछि नबिल बैंक नेप्सेको कारबाहीमा परेका हो ।

सूचिकरण सम्झौता अनुसार सार्वजनिक महत्वका सूचना कम्तिमा ७ दिन अघि जानकारी गराउनुपर्नेमा किन ढिलो जानकारी गराएको भन्दै नेप्सेले जवाफ माग गरेको छ ।

नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज सम्बन्धी जानकारी बुक क्लेज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने भन्ने छ।

बिहीबार बैंकले फागुन २७ गते साधारण सभा गर्नका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने सूचना निकालेको थियो । उक्त जानकारी नेप्सेमा ढिलोगरी प्राप्त भएको नेप्सेले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411