शेयर बजारमा सामान्य अंकको वृद्धि, १६ करोडको कारोबार

बिहीवार, फागुन ९, २०७५ साल,
काठमाडौं । बिहीबार शेयर बजारमा ०.८४ अंकले बढेर १,११३.०७ अंकमा कायम भएको छ । हाइड्रोपावर, उत्पादनमुलक र माइत्रलोफाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १०.०४ अंकले बढेको छ ।

दिनभरिमा १५५ वटा कम्पनीको ४ लाख ७५ हजार ७ सय ६६ कित्ता शेयर ७ हजार १ सय ३९ पटक खरिदविक्री हुँदा १६ करोड ४४ लाख ७८ हजार ६ सय ८८ को कारोबार भएको छ ।

चौतारी लघुवित्तको सबैभन्दा धेरै २ करोडमाथिको कारोबार भएको छ । नविल बैंकको एक करोड ३९ लाख ४३ हजार २६ को करोबार भएको छ । अपर तामाकोशी हाइड्रोपावरको ७० लाखमाथिको कारोबार भएको छ । एनएमबि बैंक र चिलिमे हाइड्रोपावरको ६० लाखमाथिको कारोबार भएको छ । भने एनआईसी एशियाको ५० लाखभन्दा बढिको कारोबार भएको छ । त्यसैगरी स्टान्र्डड चार्टर्ड बैंक, नागरिक लगानी कोष, बैंक अफ काठमाडौंको ३० लाखमाथिको कारोबार भएको छ ।

चौतारी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९.८७ प्रतिशतका दरले कमाएका छन् । गँरास लाईफ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, युनाइटेट मोदी हाइड्रोपावर, वल्र्ड मर्चेन्ट बैंकिङ, प्राइम लाई इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिभिल बैंक, विशाल बजार, एनएमबि हाइब्रित फण्ड लगायतका शेयरधनीले कमाएका छन ।

हिमालयन डिस्टीलरी कम्पनीका शेयरधनीले सबैभन्दा धेरै झन्डै ४ प्रतिशतका दरले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, सुर्योदय लघुवित्त, अपी पावर कम्पनी, विजय लघुवित्त, स्वदेशी लघुवित्त, रिडी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, नेरुडे लघुवित्त, पपुर्णिमा विकास बैंक लगायतका शेयरधनीले गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411