लघुवित्त क्षेत्र पनि मर्जरमा, साधना लघुवित्तले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने

बिहीवार, फागुन ९, २०७५ साल,
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

१० जिल्ला कार्यक्षेत्रको रुपमा गोरखा जिल्लामा कैन्द्रिय कार्यलय भई कारोवार गर्दै आएको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्ला भानु नपा डुम्रेमा रजिष्टर्ड कार्यालय भै १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमाकारोवार गर्दै आएको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्रप्तिगर्ने भएको हो ।

सवल पूँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको लघुवित्त बन्ने लक्ष्यका साथ एक कार्यक्रमकाबिच मर्जर सम्बन्धि समझदारी पत्रमा साधना लघुवित्तका तर्फवाट अध्यक्ष कृष्ण वहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फवाट डा एक नारायण चापागाँइले हस्ताक्षर गरेका हुन् । प्राप्ति पछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीयकार्यालय हरमटारी ६ गोरखामा रहने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा संस्थाको चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ भने आफ्ना २० हजार जना सदस्यमार्फत् १३ करोड निक्षेप संकलन गरी ७० करोड लगानी गरी ५७ लाख नाफा आर्जन गरेको छ ।

त्यसैगरी चुक्ता पूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखा मार्फत् आफ्ना ५ हजार जना सदस्यमार्फत् ४ करोड निक्षेप संकलन गरी १५ करोड कर्जा लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो कालागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489