ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा विस्तार

बिहीवार, फागुन ९, २०७५ साल,
काठमाडौं । ज्योति विकास बैंकले भक्तपुर जिल्लाको बोडे, काभ्रेको बनेपा तथा काठमाण्डौका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको छ।

चन्द्रागिरी नगरपालिकाको वडा नं १२, बलम्बुमा रहेको शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिदै डिजिटल भुक्तानी तिर अग्रसर हुदै वित्तीय साक्षरतामा समन्वय गर्न आग्रह गरे ।

उनले स्थानीय जनप्रतिनिधीहरुले पनी बैकहरुसंग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्नुपर्ने बताउँदै बैंकमा कारोबार सुरक्षित छ र नियमनका सम्पुर्ण प्रावधानहरु पूरा गरेकाले ढुक्क भइ कारोबार गर्न सुझाब दिए ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ।

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३।६३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु। २१ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ।

बैंकको हालको चुक्तापूँजी रु।२ अर्व ५९ करोड कायम रहेको छ। यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकीकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489