इन्भेष्टमेन्ट बैंकले चिडियाखानालाई ५० लाख रुपैयाँ सहयोग

बुद्धबार, फागुन ८, २०७५ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न सहयोग गर्ने भएको छ ।

बैंकले प्राकृतिक संरक्षण कोषलाई ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापन गर्न ५० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता रहेको भन्दै बैंकले सहयोग गरेको हो । बैंकको आर्थिक सहयोगले केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने प्राकृतिक संरक्षण कोषले जनाएको छ ।

बैंकले व्यावसायिक उत्तरदायित्व रणनीतिअन्तर्गत आफ्ना पहलहरूको पहुँचलाई विविधीकरण गर्नका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411