एमाओवादी मोर्चाद्वारा आमहड्ताल घोषणा

सोमबार, पौष ७, २०७१ साल,
काठमाडौ, पुस ७ -एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।

गठबन्धनको सोमबार बसेको बैठकले पुस-१९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५-२९ गतेसम्म माओवादीले भन्ने गरेको राज्यहरुमा फरक(फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको छ ।

त्यस्तै माघ-५ गते देशभर आमहड्तालको कार्यक्रम एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तय गरेको छ । मोर्चामा ३० वटा दल आवद्ध भएको दावी गरिएको छ । संविधानसभामा रहेको १९ दल त्यस गठबन्धनमा आवद्ध छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411