साताको अन्तिम दिन सेयर बजार १ दशमलव ३५ अंकले सुधार
बिहीवार, जेष्ठ २१, २०७२ साल,
.jpg)
काठमाडौं । साता कारोवारको अन्तिम दिन सेयर बजारमा १ दशमलव ३५ अंकले सुधार आएको छ। नेपाल टेलिकम सूचिकृत अन्य उपसमूहमा यस दिन सबैभन्दा बढी १६ दशमलव ४ अंकले बृद्धि भएको छ। बैंकिङ उपसमूह भने १ दशमलव ४९ अंकले घटेको छ। होटल उपसमूहमा ६ दशमलव ३८, हाइड्रो उपसमूहमा ६ दशमलव ४७ अंकको गिरावट आएको छ।
त्यस्तै व्यापारिक उपसमूह१२ अंक र बीमा उपसमूह ३ दशमलव ६ अंकले बढेको छ। यस दिन कूल १ सय १६ कम्पनीको ७ लाख ८५ हजार बढी कित्ता सेयर किनबेच हुँदा २७ करोड बढी रकमको कारोवार भएको छ। लुम्बिनी बैंकको ३ करोड बढीको सेयर कारोवार भएको छ भने नेपाल बैंकको २ करोड बढीको सेयर कारोवार भएको छ।
त्यस्तै चिलिमे हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डुको पनि १ करोड बढी रकमको सेयर कारोवार भएको छ। नेपाल एक्सप्रेस फाइनान्स, वेष्टर्न डेभलपमेन्ट बैंक तथा विशाल बजार कम्पनीका लगानीकर्ताले उच्च सेयर मूल्य कमाएका छन्। यो साता ९ सय २६ दशमलव ८४ अंकमा पुगेर सेयर कारोवार बन्द भएको छ।