अब सरकारी जागिर खाने उमेर ३५ बाट घटाएर २८ वर्षमा झार्न सांसदको प्रस्ताव

सोमबार, फागुन ६, २०७५ साल,
काठमाडौं । लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् ।

संघीय निजामती ऐन विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भरत साहले उमेर हद घटाउन प्रस्ताव गरेका हुन् ।

‘अहिले ३५ वर्षसम्म लोकसेवामा भर्ना गर्ने गरिएको छ, त्यो बूढो उमेरमा भर्ना भएर के गर्ने  ३५ वर्षलाई २८ वर्षमा झार्नुपर्छ । भारत पाकिस्तानमा पनि २८ वर्ष छ,’ सांसद शाहले भने ।

संसदको लेखा समितिको सभापति समेत रहेका सांसद शाहले पेन्सन या निवृत्तिभरणका लागि ५८ वर्षसम्म सेवा गर्नुपर्ने प्रावधन राख्न माग गरे । ‘कसैले २१ वर्षमा जागिर खायो भने ४१ वर्षमै पेन्सन पाक्छ । ५८ वर्ष नपुगी पेन्सन दिनु हुन्न जहिले भर्ना भएको भएपनि,’ उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सोमवार संसदमा सो विधेयक पेश गरेका हुन् । विधेयकमाथि छलफल जारी छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411