आजबाट शिवम् सिमेन्टको आईपिओ खुल्यो, एकै जनाले सबै कित्ता शेयर किन्न सक्ने

सोमबार, फागुन ६, २०७५ साल,
काठमाडौं । शिवम् सिमेन्टले फागुन ६ गते सोमबारदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको छ। शिवम् सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाइ ४१ लाख २० हजार कित्ता र मकबानपुरबासिका लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री खुला भएको हो।

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले मेरो शेयर मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् भने नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमित प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिने व्यवस्था छ।

शिवमले यसअघि तोकेको प्रिमियम घटाएर सर्वसाधारण र स्थानीयका लागि आईपिओ निष्काशन खुला गरेको हो । सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपिओ आवश्यक माग परेमा छिटोमा फागुन ९ गते नै निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताको आवेदन नपरेको खण्डमा अन्तिम म्याद चैत ५ गतेसम्म खुला रहनेछ ।

शिवम् सिमेन्टले निष्काशन गरेको साधारण शेयरमा संस्थागत लगानीकर्ताले पहिलो दिनबाट नै आवेदन गर्न पाउनेछन् ।

कम्पनीले हाल मकवानपुरबासीलाई प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँमा शेयर बिक्री गर्न लागेको हो । यसअघि मकवानपुरबासीलाई ३०० रुपैयाँदरले ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरि २ लाख २४० कित्ता शेयर बाँडफाँड भैसकेको छ ।

सो शेयरधनीलाई स्थानीयलाई छुट्टाएर बिक्री हुन बाँकी शेयरमध्ये थप १ लाख १२० कित्ता थप शेयर उपलब्ध गराएर बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता आईपिओ शेयरमा मकवानपुरबासीका फेरि आवेदन गर्न सक्नेछन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411