देशकै पहिलो खोप उद्योग : पशुमा लगाइने २० प्रकारका खोपको उत्पादन शुरू

शुक्रबार, फागुन ३, २०७५ साल,
काठमाडौं । हेस्टर बायोसाइन्सेस् नेपालले पशुपक्षीका लागि २० प्रकारका भ्याक्सिनको उत्पादन शुरू गरेको छ ।

गोल्छा अर्गनाइजेशनले भारतको हेस्टर बायोसाइन्सेस् प्राइभेट लिमिटेडसँगको संयुक्त लगानीमा नेपालमै पहिलोपल्ट यस्तो उद्योग स्थापना गरी उत्पादन शुरू गरेको हो । रू ७० करोडको लगानीमा स्थापना भएको सो उद्योग काभ्रे जिल्लाको उग्रचण्डी गाविस अन्तर्गतको नालामा रहेको छ ।

२५ रोपनी क्षेत्रफलमा पैmलिएको सो उद्योग बायोटेक्नोलोजीमा आधारित नेपालकै पहिलो पशु खोप उद्योग भएको गोल्छा अर्गनाइजेशनले बताएको छ ।

उद्योगले विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९डब्ल्यूएचओ जीएमपी० अनुसार भ्याक्सिन उत्पादन गर्न थालेको हो । उद्योगले नेपालमै भ्याक्सिन उत्पादन शुरू गरेर अहिलेसम्म २ करोड डोज निर्यात गरिसकेको पनि स्रोतले बताएको छ ।

भ्याक्सिन उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न उद्योगले छुट्टै फार्म निर्माण गरेको छ । बर्डफ्लु, रेबिज लगायत पशुपक्षी तथा जनावरमा लाग्ने रोगको भ्याक्सिन बनाउन आवश्यक पर्ने कीटाणु सोही फार्ममा तयार हुन्छ । फार्ममा उत्पादित भ्याक्सिनमा प्रयोग हुने कीटाणुलाई माइनस २० डिग्री सेल्सियसभन्दा तलको तापक्रम चाहिने हेस्टरमा कार्यरत प्राविधिकहरू बताउँछन् ।

तापक्रम जति चिसो भयो त्यति नै कीटाणुको कार्यक्षमता बढ्छ । उद्योगबाट उत्पादन हुने भ्याक्सिनमध्ये ९० प्रतिशत निर्यात गर्ने लक्ष्य लिइएको छ ।

उद्योगको वार्षिक उत्पादन क्षमता १ करोड २४ लाख डोज रहेको छ । कम्पनीले उत्पादन गर्दै आएको २० प्रकारका भ्याक्सिनका लागि लाइसेन्स प्राप्त भइसकेको गोल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए । बाँकी २७ प्रकारका भ्याक्सिनको उत्पादन भने लाइसेन्स प्राप्त भएपछि शुरू हुने उनले जानकारी दिए ।

हेस्टर बायोसाइन्सेस् नेपालले यसअघि विदेशबाट यस्तो भ्याक्सिन आयात गरी विक्री वितरण गर्दै आएको थियो । हेस्टर बायोसाइन्सेस् नेपालका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राजीव गान्धीले अण्डा, दूध तथा मासुजन्य पदार्थको स्वस्थ उत्पादनका लागि लागि उद्योग स्थापना गरिएको बताए ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411