एनएमबि बैंकले भित्र्यायो डेढ करोड डलर वैदेशिक ऋण

बुद्धबार, फागुन १, २०७५ साल,
काठमाडौं । एनएमबि बैंकले विदेशी संस्था सिडिसी ग्रुपबाट ऋण भित्र्याएको छ। बैंकले १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल भएको हो। राजधानीमा एक कार्यक्रमको आयोजना गरी बैंकले सिडिसी ग्रुपसँग ऋण लिने सम्बन्धमा सम्झौता गरेको छ।

सिडिसिले एनएमबि बैंकको स्थलगत भ्रमण मार्फत बैंकको योजना, क्षमताको समीक्षा लगायतको विष्तृत अध्ययन गरी लगानीको लागि प्रतिवद्धता जनाएको हो ।

बैंकले राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पुर्णरुपमा उपयोग गरी विदेशी लगानी भित्राउन सफल भएको दाबी गरेको छ ।

सिडिसि ग्रुप बेलायत सरकारको पुर्ण स्वामित्व रहेको वित्तीय संस्था हो । यस संस्थाले सव–सहारा अफ्रिका तथा दक्षिण एशियाका देशहरुमा रोजगार श्रृजना गरी आर्थिक विकास गर्ने उदेश्यले लगानी गर्दै आएको छ । बैंकले सिडिसि ग्रुप सहित तीन वटा संस्थाहरुबाट कर्जा लगानी भित्रयाई सकेको जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411