१०० रुपैयाँ मुल्य घटाएर शिवम् सिमेन्टले आईपिओ फाल्गुन ६ बाट निष्काशन गर्ने

मंगलवार, माघ २९, २०७५ साल,
काठमाडौं । शिवम सिमेन्टले यसअघि प्रस्ताव गरेको शेयर मूल्यलाई घटाएर सर्वसाधारण र मकवानपुरबासीलाई शेयर निष्काशन गर्ने भएको छ।

मंगलबार सूचना मार्फत शिवम् सिमेन्टले मकवानपुरबासी तथा सर्वसाधारणलाई एकै पटक गरी आगामी फागुन ६ गतेदेखि शेयर निष्काशन गर्ने जनाएको छ ।

शिवमले सर्बसाधारणका लागि प्रति कित्ता ३०० रुपैयाँका दरले ४४ लाख कित्ता र मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

शिवमले प्रतिकित्ता शेयरको अंकित मूल्य एक सय रुपैंयामा २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैंयाको दरमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।

मकवानपुरबासीलाई भने अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैंयाको दरमा शेयर निष्काशन गर्न लागेको हो ।

पहिले शेयर किनेका आयोजना प्रभावितलाई थप शेयर उपलब्ध गराए पछि बाँकी ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर मकवानपुरबासीका लागि निष्काशन भएको हो । मकवानपुरबासीले उक्त शेयरमा आवेदन नगरेको खण्डमा सर्वसाधारणलाई नै ३०० रुपैंयाको दरमा उक्त शेयर बिक्री हुनेछ ।

सर्वसाधारणका लागि छुट्याइएको ४४ लाख कित्ता शेयर मध्ये सामुहिक लगानी कोषहरुका लागि २ लाख २० हजार कित्ता छुट्याईएकोमा जम्मा ६० हजार कित्ता मात्र बिक्री भएको छ । यो शिर्षकबाट पनि १ लाख ६० हजार कित्ता शेयर सर्वसाधारण्मा नै बिक्री हुने भएको छ ।

संस्थाका कर्मचारीका लागि छुट्याएको २ लाख २० हजार कित्ता तथा सामुहिक लगानी कोषहरुलाई छुट्याइएको २ लाख २० हजार कित्ता शेयर बाहेक सर्वसाधारणमा ३९ लाख ६० हजार कित्ता शेयर निष्काशन हुनु पर्नेमा ४१ लाख २० हजार कित्ता शेयर निष्काशन भएको हो ।

उता मकवानपुरबासीको ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयर पनि अपेक्षित रुपमा बिक्री नभएको खण्डमा बिक्री नभएको शेयर सर्वसाधारणमा नै बिक्री हुनेछ ।

सर्वसाधारण तथा मकवानपुरबासीले उक्त शेयरमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । मकवानपुरबासीले अधिकतम ५ लाख ७९ हजार ६ सय ४० कित्ताका लागि आवेदन गर्न सक्ने छन् भने सर्वसाधारणले ४४ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्ने छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411