स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ महिनाको नाफा एक अर्ब १४ करोड रुपैयाँ

मंगलवार, माघ २९, २०७५ साल,
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.७९ प्रतिशतले बढी हो । गत वर्ष बैंकले एक अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको वितरण योग्य नाफा ९९ करोड ८१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । ब्याज खर्च अत्याधिक बढेपछि बैंकको नाफामा उल्लेखीय सुधार हुन सकेन । बैंकको ब्याज खर्च ९९ प्रतिशतले बढ्दा ब्याज आम्दानी ३१ प्रतिशतले मात्र वृद्धि भएको छ ।

बैंकले ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। बैंकको निक्षेप संकलन ०.१३ प्रतिशतले घटेको छ भने कर्जा विस्तार १८ प्रतिशतले बढेको छ । बैंकले खुद ब्याज आम्दानी मार्फत १ अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।

आठ अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब ३ करोड ९८ लाख ५० हजार रुपैयाँ छ । बैंकको खराब कर्जा ०.०३ प्रतिशत विन्दुले बढेर ०।२० प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७८ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८७ पैसा छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411