बैंक अफ काठमाण्डूको खुद नाफा ३३ प्रतिशतले वृद्धि

सोमबार, माघ २८, २०७५ साल,
काठमाडौं । बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३३ दशमलव ७१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा भने नाफा ५५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ६६ करोड १३ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष पुस मसान्तमा यस्तो नाफा ५५ करोड १५ लाख रहेको थियो ।

बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट वापत ७ करोड ६२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा फ्रि प्रोफिट घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ बाट ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको बैंकले जगेडाकोषमा ६ अर्ब १२ करोड ४९ लाख सञ्चित भएको छ ।

बैंकले निक्षेपमा ८० अर्ब २१ करोड ८२ लाख रुपैयाँ संकलन गरी कर्जामा ७३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । योे गत वर्षको सोहिअवधिको तुलनामा निक्षेप संकलन १३ दशमलव ४३ प्रतिशत र कर्जा लगानीमा १५ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३५ दशमलव ५४ प्रतिशतले बढेर१ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३५ दशमलव २२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा, मुल्य आम्दानी अनुपात १३ दशमलव १४ गुणा, प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा, तरलता अनुपात २३ दशमलव ८० प्रतिशत, निष्कृय कर्जा २ दशमलव ०८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ६१ प्रतिशत रहेको छ ।

बैंकको आधार ब्याजदर १० दशमलव ६० प्रतिशत र कोषको लागत ७ दशमलव रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411