होसियार ! काठमाडौंमा पनि भेटियो ठूलो परिमाणमा नक्कली नोट

आईतवार, माघ २७, २०७५ साल,
काठमाडौं  । पछिल्लो समय नक्कली नोटको बिगबिगी भइरहेका बेला काठमाडौंमा पनि ठूलो संख्यामा नक्कली नोट भेटिएको छ ।

गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् ।

टोखा नगरपालिका १० गणेशस्थानबाट १ हजार दरका नक्कली नेपाली नोट १ सय ५२ थान शनिवार राति प्रहरीले बरामद गरेको हो ।

उक्त  नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले हिक्मत मियाको कोठामा पलङमुनि लुकाइ राखेको १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट सोही दरका १ सय ४१ थान नक्कली नोट बरामद गरेको हो ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411