प्राइम बैंकले ६ महिनामा नाफा एक अर्ब ६ करोड रुपैयाँ कमायो

आईतवार, माघ २७, २०७५ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंक पनि चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब बढी खुद नाफा कमाउने वाणिज्य बैंक बनेको छ । गतबर्षको यसै अवधिको तुलनामा करिब ३४ प्रतिशतले नाफा बढाएको बैंकले ६ महिनाको अवधिमा एक अर्ब ६ करोड खुद नाफा गरेको छ ।

नेपाल फाइनान्सिङ रिर्पो्टिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार आइतबार प्रकाशित दोस्रो त्रैमासमा बैंकले ९३ करोड ४२ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ । बैंकका अधिकांश सूचकहरुमा उत्साहप्रद सुधार देखिएको छ ।

चुक्तापूँजी २७ प्रतिशतले बढाएको बैंकको जगेडाकोष, निक्षेप संकलन तथा कर्जा विस्तार देखिएको छ । बैंकले ब्याज आम्दानीसँगै संचालन नाफा पनि उल्लेखिय रुपमा बढाएको छ । तर बैंकको खराब कर्जाको अनुपात भने केहि बढेको छ ।

आठ अर्ब तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब २२ करोड सञ्चित रहेको छ । यस अवधिमा बैंकले ७६ अर्ब ७२ करोड निक्षेप संकलन गरेको छ भने ७२ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ५२ प्रतिशतले सुधारिएको छ । बैंकले एक अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । कोषको लागत बढ्न नदिँदा बैंकको खुद ब्याज आम्दानीमा उत्साहजनक सुधार आएको हो ।

बैंकको खराब कर्जा १.५८ प्रतिशत छ । गतबर्षको दोस्रो त्रैमासमा यस्तो अनुपात १.४३ प्रतिशत थियो । बैंकले प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा कायम गरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५५ पैसा, कोषको लागत ८.२९ प्रतिशत र आधार ब्याजदर १०.१७ र पूँजी कोष अनुपात १२.६८ प्रतिशत रहेको छ । बैंकलाई पूँजी कोष अनुपातमा भने सुधार आवश्यक देखिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411