क्रिकेट रङगशाला बनाउने पैसा जुटाउन मलेसियामा सिटी एक्सप्रेस धुर्मुस-सुन्तुली साँझ

शुक्रबार, माघ २५, २०७५ साल,
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पैसा जुटाउने उदेश्यले चर्चित हाँस्य कलाकार धुर्मुस-सुन्तली मलेसिया पुगेका छन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रंगशाला निर्माणार्थ मलेसियाको ३ शारमा ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तुली साँझ-०७५’ को आयोजना गरेको हो ।

धुर्मुस सुन्तली सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर पनि हुन् । मलेसियाको क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नीमा भएको छ ।

अब फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै ३ अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो सहयोग पाउने विश्वास गरिएको धुर्मसले बताएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411