आशा लघुवित्तको आईपिओ बाँडफाँड, ७९.६२ प्रतिशत आवेदकले पाएनन्

शुक्रबार, माघ २५, २०७५ साल,
काठमाडौं । आशा लघुवित्तले जारी गरेको आईपिओ शुक्रबार बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल आवेदकहरु मध्ये २०.३८ आवेदकले शेयर पाएका छन् भने ७९.६२ प्रतिशत आवेदक खालि हात भएका छन्।

धितोत्रप निकाष्शन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आबेदकले लघुवित्तको शेयर हात पारेका छन् ।

क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कुल ३ लाख ९ हजार ७८२ आवेदक बाट एक करोड १५ लाख ८२ हजार २३० कित्ता शेयर माग भएको थियो ।

जसमध्ये ३२ हजार ९ सय कित्ता शेयरका लागि परेको ६७७ वटा आवेदन भने रद्ध भएका छन् । बाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने भएका हुन् ।

लघुवित्तको आइपिओमा झण्डै २० गुणा बढीको आवेदन परेको थियो । लघुवित्तको आइपिओमा न्युनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आबेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411