
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ५१ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ४१ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३६ करोड ६५ लाख रुपैयाँ कमाएको थियो ।
नेपाल फाइनान्सियल रिर्पो्टिङ स्ट्याण्डर्ड प्रणाली अनुसार सेञ्चुरीले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड ३५ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको छ । राष्ट्र बैंकले तोकेको रेगुलेटरी एड्जस्टमेन्ट वापत ७ करोड ३४६ लाख रुपैयाँ व्यवस्था गर्दा फ्रि प्रोफिट घटेको हो । गत आवको यसै अवधिमा बैंकले ३२ करोड ५१ हजार रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको गरेको छ ।
८ अर्ब ६ करोड ३४ लाख चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा १ अर्ब ६४ करोड ४ लाख रुपैयाँ छुटाएको छ । बैंकले जगेडा कोष गत वर्षको भन्दा ९ प्रतिशतले घटेको हो ।
बैंकले निक्षेपमा ६४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ संकलन गरि कर्जामा ५८ अर्ब ८९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ५० दशमलव ४४ प्रतिशतले वृद्धि गरी १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ४१ दशमलव २२ प्रतिशतले वृद्धि गरी ७४ करोड २ लाख रुपैयाँ पुगेको छ ।
बैंकको जोखिम युक्त सम्पत्ति १४ दशमलव ६९ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत, प्रतिशेयर आम्दानी १२ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव १५ गुणा, प्रतिशेयर नेटवर्थ १२० दशमलव ३४ रुपैयाँ, कोषको लागत ८ दशमलव ८९ प्रतिशत र बैंकको आधार ब्याजदर ११ दशमलव ५० प्रतिशत रहेको छ ।