अमेरिकाको चेतावनी युरोपलाई फाइभ–जीमा चिनियाँ उपकरण प्रयोग नगर्नु

शुक्रबार, माघ २५, २०७५ साल,
एजेन्सी । फाइभ–जी नेटवर्कको विश्वव्यापी स्थापनामा चिनियाँ कम्पनी हुवावेलाई बाहिर राख्न अमेरिकाले सबै मित्रराष्ट्रहरुलाई आफ्नो पक्ष लिनका लागि निरन्तर दबाब दिइरहेको छ ।

यसैबीच युरोपेली राष्ट्रहरुलाई पनि अमेरिकाले हुवावेका उपकरण खरिद नगर्न चेतावनी दिएको मंगलबार अमेरिकी राष्ट्रिय विभागका अधिकारीले बताएका हुन् । युरोपेली संघ र ब्रसेल्सस्थित बेल्जियम सरकारसँगको बैठकपछि अमेरिकाले राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण हुने भन्दै हुवावेलाई नअपनाउन सुझाव दिएको बताइएको छ ।

अधिकारीले भनेका छन्, “हामीले केबल सबैलाई प्राविधिक विषयहरुमा अत्यन्तै सतर्कता अपनाउन र चीन जस्तो अविस्वसनीय बितरकसँग हतारमा कुनै सम्झौतामा हस्ताक्षर नगर्न भनेका हौँ ।”

अमेरिकाले बारम्बार चीनले प्राविधिक उपकरणहरु जासुसीका लागि प्रयोग गर्न सक्नेबारे चिन्ता व्यक्त गर्दै आएको छ । यता हुवावे कम्पनीले भने आफूलाई निदोर्ष बताउने गरेको छ । वास्तवमा युरोप हुवावेको सबैभन्दा ठूलो बजार हो र हुवावेका उपकरण त्यहाँ व्यापक प्रयोग हुने गरेको पाइन्छ । यसकारण पनि अमेरिकाले पहिले युरोपबाटै हुवावेलाई किनारा लगाउन खोजिरहेको बताइएको छ । तर यता यसले बेइजिङ र अमेरिकाबीच जारी व्यापारिक युद्धलाई भने झन गम्भीर रुप दिन सक्ने विज्ञहरुको भनाइ छ ।

यसरी वासिङटनले ब्रसेल्सको नाटो सम्मेलन र बार्सिओलनाको अन्तराष्ट्रिय सभामा समेत यसबारे कुरा उठाउने बताइएको छ । युरोप अमेरिकाको सैन्य सहकर्मी भएकाले पनि हुवावेले युरोपमा फाइभ–जी स्थापना गर्नुले अमेरिकाको सुरक्षामा समेत खतरा उत्पन्न हुने अमेरिकी अधिकारीहरुको भनाइ छ ।

फाइभ–जी नेटवर्क पाचौँ पीढीको अत्याधुनिक मोबाइल प्रविधि हो जसलाई कलकारखानादेखि सवारी साधन समेतको गति बढाउन प्रयोग गर्न सकिनेछ । यस्तोमा हुवावे र जेट्टीइ लगायतका चिनियाँ कम्पनीले यो प्रविधि आफ्नो नियन्त्रणमा लिए व्यापारिक लगायत विभिन्न क्षेत्रमा अनुचित फाइदा उठाउन सक्ने अमेरिकाको भनाइ छ ।

त्यसैले पनि वासिङटनले पहिले नै हुवावेलाई आफ्नो सरकार र कन्ट्राक्टरहरुसँग सम्पर्क राख्न प्रतिबन्धित गरेको हो । यसबारेमा यता फ्रान्सका अधिकारीले गत हप्ता मात्र आफूहरुलाई थाहा भएका तथ्यका आधारमा मात्र निर्णय लिइने हुनाले हाल हुवावेमाथि प्रतिबन्ध लगाउने नलगाउने भन्ने तय नगरिएको बताएका हुन् । – रोयटर्स

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411