२० अर्ब पुँजी भएको पुर्वाधार बैंकले पायो सञ्चालन स्वीकृति, ८ अर्बको शेयर सर्वसाधारणलाई
बिहीवार, माघ २४, २०७५ साल,

काठमाडौं। नेपाल सरकारको दश प्रतिशत शेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानीमा स्थापित पूर्वाधार विकास बैंकले सञ्चालन स्वीकृति पाएको छ। अर्को महिनासम्म सञ्चालनमा ल्याउने ब्यवस्थापनको तयारी छ।
दुई साताअघि राष्ट्र बैंकको सञ्चालक समितिमा अन्तिम स्वीकृति दिने एजेण्डा पुगेको थियो। राष्ट्र बैंक सञ्चालक समितिले बिहीबार अन्तिम स्वीकृति दिने निर्णय गरेको हो।
२० अर्व रुपैयाँ चुक्ता पुँजीसहित स्थापना हुन लागेको कम्पनीले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो।
पूर्वाधार विकास बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना बनाएको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर हुने छ।
कम्पनीले बैंकका प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ भने डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ।