सरकारी बैक पहिलो नम्बरमा: राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा कमायो दुई अर्ब ४१ करोड नाफा

बिहीवार, माघ २४, २०७५ साल,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा लोभलाग्दो प्रगति गर्दै वाणिज्य बैंकहरू मध्येमा पहिलो नम्बरमा स्थान बनाएको छ।

यस अवधिमा बैंकले ३४.९४ प्रतिशतले खुद नाफा बढाएर दुई अर्ब अर्ब ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै त्रैमासमा बैंकको खुद नाफा एक अर्ब ७८ करोड ५९ लाख रुपैयाँ रहेको थियो । बैंकले निक्षेप संकलनमा पनि सबै वाणिज्य बैंकलाई पछाडि छाड्दै लिड गरेको छ ।

सरकारी स्वामित्वको अर्को विकास बैंक एनआईडिसीलाई प्राप्ती गरेको वाणिज्य बैंकको धेरै सूचकहरुमा उल्लेख्य सुधार देखिन्छ।

राष्ट्रिय वाणिज्य बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७५-७६ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको फ्रि प्रोफिट दुई अर्ब १७ करोड ८१ लाख पुगेको छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले दुई अर्ब अर्ब ४० करोड खुद नाफा गरेकोमा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्नुपर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता धेरै घटेको हो ।

यद्यपी बैंकको गत आवको फ्रि प्रोफिट पनि २२.१० प्रतिशतले सुधार भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासमा एक अर्ब ७८ करोड ३९ लाख बराबरको लाभांश क्षमता रहेको थियो ।

बैंकको ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको चालू आवको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ५३ पैसा कायम भएको छ । गत आवको पुस मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको थियो ।

 बैंकको जगेडा कोषमा १२ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले २३८ प्रतिशत बढीले जगेडा कोषको आकार बढाएको हो । गत आवको पुस मसान्तको तुलनामा बैंकले ८ अर्ब ७६ करोड ६२ लाखले जगेडा कोष सुधार गरेको छ । वाणिज्य बैंकको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २० पैसा रहेको छ । गत पुसामा १४२ रुपैयाँ ८३ पैसा रहेको थियो ।

बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै एक खर्ब ८१ अर्ब ५९ करोड ६६ लाख निक्षेप संकलन तथा एक खर्ब ३४ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन २१.७९ प्रतिशत र कर्जा लगानी २१.८९ प्रतिशतको वृद्धि गरेको हो । बैंकको बचत संकलन र ऋण लगानीमा सन्तुलित वृद्धि देखिएको छ ।

वाणिज्य बैंकले आफ्नो व्यवसाय विस्तारलाई बढाएर चार अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । ६ महिनना अवधिमा ७ अर्ब २३ करोड ४३ लाख ब्याज आम्दानी गरेको यस बैंकले २ अर्ब २८ करोड ६ लाख ब्याज खर्च गरेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.४९ प्रतिशतले बढेको हो । बैंकको कर्जा निक्षेप अनुपात ६९.२९ प्रतिशत रहेको बैंकले अझै प्रशस्त कर्जा विस्तार गर्ने ठाउँ रहेको छ । बैंकको पूँजी कोष अनुपात भने ११.७३ प्रतिशत मात्र रहेकाले बैंकलाई पूँजीकोष बढाउन भने दबाब देखिन्छ ।

बैंकको कोषको लागत ३.०१ प्रतिशत तथा आधार ब्याजदर ५.६० प्रतिशत रहेको छ । गत पुस मसान्तमा बैंकको कोषको लागत २.०१ प्रतिशत तथा आधार ब्याजदर ५.९८ प्रतिशत रहेको थियो । बैंकमा ३.११ प्रतिशत रहेको खराब कर्जा अनुपात ३.४० प्रतिशतमा बढेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411