भारतीय राष्ट्रपति सहितको गाडी स्विडेनमा दुर्घटना, नौ घाइते

बुद्धबार, जेष्ठ २०, २०७२ साल,
स्टकहोम ।  स्विडेनको भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको गाडीहरुको समूह सडक दुर्घटनामा पर्दा नौ व्यक्तिलाई सामान्य चोट लागेको जानकारी स्विडेनका प्रहरीले दिएका छन् । 
 
मङ्गलबार राष्ट्रपति मुखर्जी उपसाला विश्वविद्यालयमा आयोजित कार्यक्रममा भाग लिन त्यसतर्फ गइरहेको समयमा भएको दुर्घटनामा उनि तथा अन्य उच्चपदस्थ अधिकारीलाई चोट नलागेको उपसालाका प्रहरी प्रवक्ता क्राइस्टर नोर्दस्ट्रमले बताए । 
 
राजमाग छोडेको केही समयपछि नै गाडीहरुको समूहका चार कार एकआपसमा ठक्कर खएको नोर्दस्ट्रमले बताए । 
 
उपसाला स्टकहोमबाट ६५ किलोमिटर उत्तरमा अवस्थित छ र राष्ट्रपति मुखर्जी स्विडेन भ्रमणको अन्तिम दिनमा उक्त क्षेत्रको भ्रमणमा पुगेका हुन् । 
 
दुर्घटनाले राष्ट्रपति मुखर्जीको कार्यक्रममा प्रभाव नपारेको र उनि मङ्गलबार स्विडेनबाट प्रस्थान गरेको जानकारी दिइएको छ । रासस/एपी 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411