कान्तिपथ र गठ्ठाघरमा पनि सानिमा बैंक
बुद्धबार, माघ २३, २०७५ साल,
काठमाडौँ । सानिमा बैंकले काठमाडौँको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा बैंकिङ सेवा विस्तार गरेको छ । अब बैंकका ७६ वटा शाखा पुगेका छन्।
दुवै शाखा कार्यालयको सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेका थिए।