एनसीसी बैंकको नाफा १३२ प्रतिशतले बढ्यो, ६ महिनामै ३६ करोड बढायो

मंगलवार, माघ २२, २०७५ साल,
कठमाडौं । एनसीसी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ करोड ३९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिमा १३२ प्रतिशले बढेको छ ।

बैंकले ६ मिहनामै ३६ करोड ६४ लाख ८४ हजार रुपैयाँले नाफा बढाएको यो बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकले गत वर्षका सोही अवधिमा २७ करोड ७४ लाख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएाके थियो ।

यो बैंकले गत पुस सम्ममा व्याज आम्दानीबाट ३ अर्ब ८९ करोड र यसवापटको व्याज खर्च २ अर्ब ४२ करोड गरेको छ । बैंकको यो अवधिसम्मको खुँद व्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

यो बैंकको चालू आवको दोस्रो त्रैमाससम्मको निक्षेप संकलन ६४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ५८ अर्ब ४४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यसले गत वर्ष ५९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको यो बैंकसँग जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यो बैंकको पुँजी कोष १४.१० प्रतिशत, खराब कर्जा अनुपात ३.५३ प्रतिशत, सीसीडी रेसियो ७८.२१ प्रतिशत रहेको छ । यसको आधार दर १०.८७ प्रतिशत र प्रति शेयर आम्दानी २१ रुपैयाँ १२ पैसा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411