
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६९.५४ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा बैंकले जगेडा कोष,निक्षेप संकलन र कर्जा प्रवाह करिब २५ प्रतिशतको हाराहारीमा वृद्धि गरेको छ ।
नेपाल बंगलादेश बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा चालू आर्थिक वर्षको ६ महिना अवधिमा ७९ करोड ३३ लाख खुद नाफा गरेको उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६९.५४ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमासको बैंकको खुद नाफा ४६ करोड ७९ लाख थियो ।
बैंकको गत आवको पुसको तुलनामा १८ करोडले सुधारिएको छ । गत आवको ६ महिनामा बैंकको वितरणयोग्य मुनाफा फ्रिो प्रोफिट ४३ करोड ८० लाख रहेकोमा चालू आवको यसै अवधिमा ६१ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १७ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो।
बैंकले ५२ अर्ब ४७ करोड १६ लाख निक्षेप संकलन गरी तथा ५१ अर्ब ४० करोड ३४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकले गत पुसको तुलनामा ६८ प्रतिशत बढी अर्थात एक अर्ब ६७ करोड अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएको छ । बैंकले गत पुसको तुलनामा २५ प्रतिशतले निक्षेप संकलन बढाएकोमा २२ प्रतिशतले मात्र कर्जा विस्तार गरेको छ ।
कर्जा लगानी भन्दा निक्षेप बढाएका कारण बैंकको कर्जा पूँजी निक्षेप अनुपात पनि सहज अवस्थामा रहेको छ । पुस मसान्तसम्ममा बैंकको सिडी रेसियो ७७.२९ प्रतिशत रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२ करोड ७४ लाखबाट एक अर्ब ३९ करोड ६५ लाख पुगेको छ । साथै यस अवधिमा सञ्चालन नाफा ५८.५० प्रतिशतले बढेर एक अर्ब ५ करोड आर्जन गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५७ पैसा रहेकोमा चालू आवको यसै अवधिमा बढेर १९ रुपैयाँ ६२ पैसा कायम भएको छ । बैंकको जगेडा कोषमा तीन अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसाम र मूल्य आम्दानी अनुपात ९.६३ गुणा कायम भएको छ ।
गत आवको दोस्रो त्रैमासिक अवधिमा बैंकमा खराब कर्जा अनुपात ०।७३ प्रतिशतबाट बढेर १.७८ प्रतिशत पुगेको छ ।
गत पुस मसान्तमा बैंकको कोषको लागत ७.९६ बाट ७.५८ प्रतिशतमा झरेको छ भने आधार ब्याजदर ११.३९ बाट १०.८२ प्रतिशतमा झरेको छ ।